स्मार्ट कृषि गाउँ व्यवस्थापन प्रणाली प्रदेशको खाद्य सुरक्षा एवं पोषण सुरक्षाको प्रत्याभुति गर्दै गरिवी न्यूनिकरण गर्ने एवं प्रदेशको आर्थिक, सामाजिक तथा कृषि क्षेत्रको विकासमा सहकारी क्षेत्रलाई परिचालन गरी भूमिको प्रकृतिको आधारमा उपयोग गर्ने गरी नीति लिई कृषि एवं पशुपन्छीजन्य उत्पादन एवं व्यापारमा यान्त्रिकीकरण, व्यावसयिकीकरण, बजारीकरण र आधुनिकीकरणका माध्यमबाट प्रतिस्पर्धात्मक अवस्थाको सृजना गर्ने उदेश्यका साथ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको स्थापना मिति २०७४ माघ २६ गते भएको थियो | भू-उपयोगका माध्यमबाट सहकारी क्षेत्रको परिचालन गरी प्रदेशको कृषि एवं पशुपन्छीजन्य उत्पादनको क्षेत्रमा आत्मनिर्भरता हासिल गरी यस क्षेत्रको उत्पदानलाई निर्यातयोग्य अवस्थामा पुर्‍याउनु नै यस भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको निर्माण गर्नुको मुख्य कारण हो | खाद्यान्न बाली र तरकारी तथा पशुपालन भइरहेका गाउँ मध्य सबैभन्दा उपयुक्त र बढी संभावना भएको गाउँहरुलाई छनोट गरेर, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले स्मार्ट कृषि गाउँको निर्माण गरेको थियो | उत्पादन दोब्बर बनाउने उदेश्यले खेतीयोग्य जमिन बाँझो र जग्गा खाली राख्न नदिने नीति अनुसार निर्माण गरिएको यस स्मार्ट कृषि गाउँमा खाद्यान्न, तरकारी, फलफल र पशुपालन मध्य जुनसुकै खेती र व्यवसाय गर्न सकिन्छ |

स्मार्ट कृषि गाउँ व्यवस्थापन प्रणाली निर्माण गर्नुका मुख्य उदेश्यहरु यस प्रकार रहेका छन् :

  • स्मार्ट कृषि गाउँको उचित अनुगमन र व्यवस्थापन गर्न |
  • स्मार्ट कृषि गाउँको हालको अवस्था, कुल कृषि सामाग्री प्रयोग, कुल उत्पादन जस्ता डाटाहरु संकलन गर्न र डिजिटल माध्यमबाट भण्डारण गर्न |
  • विभिन्न स्मार्ट कृषि गाउँबाट भरिएका समग्र डाटाहरुलाई एकै ठाउँमा उपलब्ध गराउन |
  • स्मार्ट कृषि गाउँका कर्मचारीलाई सशक्तीकरण गरि प्रबिधि मैत्री बनाउन |
  • एक क्लिकमा केहि सेकन्ड भित्रै रिपोर्ट प्राप्त गर्न |